Logo

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै



काठमाडौं, माघ १९ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । नतिजा सार्वजनिक गर्न बोर्डले आज बिहान १० बजे बोर्ड बैठक बोलाएको छ ।

यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ ।

यसअघि बोर्डले पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot