Logo

धारिलो हतियार प्रहार गरी घाइते बनाउने काठमाडौंबाट पक्राउ



काठमाडौं, २९ माघ । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एक युवा बुधबार दिउँसो पक्राउ परेका छन् । गल्कोपाखा बस्ने सुनसरीका ४३ वर्षीय बिर्ख बहादुर भुजेललाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा झापा धुलावारी घर भएका २१ वर्षीय प्रमोद न्यौपानेलाई  प्रहरीले पक्राउ गरेको हो ।
प्रमोदले बिर्ख बहादुरलाई चक्कु प्रहार गरी घाइते बनाएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई चक्कु सहित पक्राउ गरेको जनाएको छ । घाइते बिर्ख बहादुरको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको बताएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot