Logo

वाणिज्य विभागका अख्तियारको स्टिङ अप्रेसन, दुई जना पक्राउ



काठमाडौं, ३ फागुन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अप्रेसन चलाएको छ। आयोगले नायव सुब्बा नरेन्द्र चन्दसहित दुई जनालाई पक्राउ गरेको छ ।

सेवाग्राहीलाई शेयर पूँजी बढाएको प्रमाण पत्र लिनको लागि लेखापढीको काम गर्ने रामबाबु दाहालमार्फत उनले घुस लिएको आयोगले जनाएको छ । दुवै जनालाई आयोगले आठ जार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

दाहाललाई भेट्ने क्रममा कर्मचारीहरू समेत मिलाउनु पर्छ भन्दै उनले घुस मागेका थिए । त्यसपछि सेवाग्राहीले अख्तियारलाई पूर्व सूचना दिएर घुस दिएका थिए । विभागमा सेवाग्राहीको भिड लाग्ने भएकाले छिटो काम गर्न समेत दलालमार्फत घुसको लेनदेन हुने गरेको छ ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot