Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, ५ फागुन । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ सातघुम्तीबाट नियन्त्रित लागूऔषध १० एम्पुल डाईजेपाम, १० एम्पुल फेनारगन, १० एम्पुल लुपिजेसिक र अवैध लागूऔषध चरेश जस्तो देखिने १ सय ५० ग्राम खैरो ठोस पदार्थ सहित सोही महानगरपालिका-१७ नरदेबी बस्ने काभ्रे घर भएका रोसन परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले प्रदेश ३(०२(०२१ प ८९९९ नम्बरको स्कुटरलाई जाँच गर्दा चालक रोसनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot