Logo

संसद् बिउँतिन्छ, भयंकर हुनेवाला छः पूर्वमन्त्री भुषाल



पाल्पा, फागुन ९ । नेपाल कम्प्युनिस्ट पार्टीको सिद्धान्त र नेतृत्वको विचार फरक हुँदा समस्या जटिल बनेको नेकपा दाहाल–नेपाल समूहका नेताहरूले बताएका छन्। उनीहरूले महाधिवेशनमा अध्यक्ष चयन हुँदा नै नेतृत्व फरक विचार र सिद्धान्तबाट प्रेरित भएका कारण अहिले पार्टी विभाजन भएको बताएका हुन्।

नेकपा दाहाल–नेपाल समूहका नेताहरूले संसद् पुनःस्थापना नभए देशमा अस्थिरता उत्पन्न भई विद्रोह हुनेसमेत बताए। शनिबार पाल्पाको तानसेनमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोध नगर्दै नेकपा नेताहरूले देशमा संसद् पुनःस्थापना हुने कुरामा विश्वस्त रहेको बताउँदै पुनःस्थापना नभए देशमा आगो बल्ने बताएका हुन्।

पूर्वकृषिमन्त्री घनश्याम भुषालले देशमा ओलीको अहंताका कारण भयंकर स्थिति निम्तन सक्ने बताए। उनले भने, ‘यदि संसद् पुनःस्थापना नभएमा हरेक जात, हरेक क्षेत्र, हरेक ठाउँ त्यो द्वन्द्वमा फस्ने ठाउँलाई सदर गरेको ठहरिने छ। ओलीको बाटोबाट त्यहाँ पुगिने हो, तर स्थिति त्यस्तो छैन। न्यायाधिशहरूले पनि कहिलेकाहीँ के भनेर निर्णय गर्छन् भने हाम्रो हो निर्णय भयो भने मुलुकमा के हुन्छ ?’ नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot