Logo

विप्लव वार्तामा बस्न तयार



काठमाडौं, फागुन ९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ता गर्न तयार देखिएको छ। यससँगै सरकार र उक्त पार्टीबीच औपचारिक वार्ताको ढोका खुल्ने देखिएको छ। विप्लव स्वयंले शनिबार प्रेस विज्ञप्तिमार्फत ‘आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा’ सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएका हुन्।

विप्लवका नेताले अनौपचारिक संवादका क्रममा वार्ता गर्न प्रतिबन्ध हटाइनुपर्ने, बन्दी नेता–कार्यकर्ता रिहाइ गरिनुपर्ने, औपचारिक पत्र पठाइनुपर्ने पूर्वसर्त राखेका थिए। सरकारले पूर्वसर्तमा लचिलो हुने संकेत देखाएपछि औपचारिक वार्ताको वातावरण बन्न लागेको हो।

‘हाम्रो पार्टी क्रान्ति, राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो’, प्रतिबन्धित उक्त पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यसको प्रक्रियामा आम जनसमुदायको सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ।’अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्