Logo

माधव नेपालको प्रतिक्रिया : लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु



काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह का अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतले संसद पूनःस्थापना गरेर ऐतिहासिक फैसला गरेको भन्दै आभार व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्–”सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु सम्पूर्ण जनता,आन्दोलनमा उत्रेका दलहरु,नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु।”



प्रतिक्रिया दिनुहोस्

Screenshot