Logo

कैदीबन्दीबीच झडप भएपछि २५ कैदीबन्दी स्थानान्तरण



तनहुँ, १७ फागुन । जिल्ला कारागारबाट २५ कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । आइतबार अपराह्न कारागारभित्र कैदीबन्दीबीच झडप भएपछि बसेको सुरक्षा निकायको बैठकले २५ जनालाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेलसहित सुरक्षा निकायका प्रमुखको बैठकले झडप र विवादमा संलग्न कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने निर्णयबमोजिम राति नै उनीहरुलाई स्थानान्तरण गरिसकिएको निमित्त जेलर अधिकारीले जानकारी दिए ।

“दुई समूहबीच भएको विवादका कारण सामान्य झैझगडा भएको हो, उक्त घटनामा छ जना घाइते भएकामा उपचारपश्चात् उनीहरु घर फर्किसकेका छन्,” अधिकारीले भने । कारागारमा केही समय अगाडि स्थानान्तरण भई आएका कैदीबन्दीका कारण झगडा भएको कारागार स्रोतले जनाएको छ । नाइके फेर्नुपर्ने मागमा विवाद हुँदा दुई समूहबीच झडप भएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot