Logo

किसान लघुवित्तको हकप्रद शेयर लिलाममा



काठमाडौं, १८ फागुन । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले बिक्रि नभएको हकप्रद शेयर फागुन २८ गतेदेखि लिलामीमा बिक्रि गर्ने भएको छ । लघुवित्तले ३ हजार २६८ संस्थापक र ९ हजार ७४ कित्ता हकप्रद शेयर सर्वसाधारणको लागि बिक्रि गर्ने जनाएको छ ।

कम्पनीको अनुसार मंसिर २५ गतेबाट पुस ३० गतेसम्म हकप्रद निष्कासन गरेकोमा सबै हकप्रद शेयरमा आवेदन नपरेको कारण पुनः लिलामीमा विक्रि गर्न लागेको हो ।
हकप्रद शेयरको विक्रि तथा प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार इच्छुक व्यक्ति तथा कम्पनी, संघ संस्थाले उक्त हकप्रद शेयर खरिद गर्न चैत्र १३ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयरको न्युनतम मुल्य १०० रुपैयाँ प्रतिशेयर निर्धारण गरिएको हुनाले सो रकम भन्दभ बढी मुल्य अंकित गरेर बोलकबोल पेश गर्नुपर्ने हुन्छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot