Logo

अदालतको फैसला सम्मान गर्छौं : विष्णु पौडेल



काठमाडौं, २३ फागुन।  नेकपा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गरेर जाने बताएका छन् ।

सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गर्ने बताए । उनले भने, ‘हाम्रो हार भएपनि अदालतको निर्णयलाई सम्मान गर्छौं । कानुनी र संवैधानिक आधार मानेर सर्वोच्च अदालतले फैसला लिएको छ ।’

उनले दालतको फैसला अनुरुप नै अगाडि बढ्ने बताए । उनले भने, ‘सर्वोच्च अदालतलाई सधैँ सम्मान गर्दै आएका छौं । स्वतन्त्र न्यायालयमा विश्वास गर्ने राजनीतिक शक्ति हौं ।’-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot