Logo

सर्वेन्द्रनाथ शुक्लालाई ऋषि धमलाको प्रश्न : सरकारमा कहिले सहभागी हुनुहुन्छ ? (भिडिओसहित)



काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता सर्वेन्द्रनाथ शुक्लले आफूहरुले मुद्दाको हिसाबमा सरकारसँग कुराकानी गरिरहेको स्पष्ट पारेका छन् । रेशम चौधरीलगायतको रिहाई र मुद्दा फिर्ताबारे आफूहरुले सरकारसँग माग राख्दै आएको उनको भनाई छ ।

हिजो विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले सरकारमा जानेबारे स शब्दपनि उच्चारण नगरेको जिकिर गरे ।

आफूहरुले धेरै पहिलेदेखि उठाउँदै आएको संविधान संशोधनको मुद्दामा पनि केन्द्रित भएर सरकारसँग कुरा गरेको शुक्लाको भनाई छ । उनले रेशम चौधरीलगायतको रिहाई नभएसम्म सरकारमा जाने कुरै नभएको पनि जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot