Logo

ओली र प्रचण्डलाई ‘ज्यानको खतरा’ !



काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै आफूमाथि सुरक्षा खतरा रहेको बोले । सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर निकायसमेतको सुरक्षा घेरामा २४ अ‍ै घन्टा रहने गरेका प्रधामन्त्री ओलीको यो भनाईले तरङ्ग आएको थियो ।

प्रधानमन्त्री ओलीले ज्यानकै खतरा देखेपनि त्यो को बाट प्रष्ट पारेनन् । उनको यो अभिव्यक्ति मथ्थर त भयो तर, सर्वसाधारणको सेन्टिमेन्ट जित्न बोलिएको समयक्रमले पुष्टि गर्दै लग्यो ।

आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमा आफूमाथि सुरक्षा थ्रेटबारे विषय उठाए । उनले भने, मलाई मार्न खोजिएको थियो तर जनताले सुरक्षा दिए । प्रचण्डले सुरक्षा थ्रेट कोबाट हो प्रष्ट पारेनन् ।

विगतमा पनि प्रचण्डले बारम्बार आफूमाथि सुरक्षा खतरा रहेको विषय उठाएका थिए । दश वर्ष लामो हिसात्मक जनयुद्धको नेतृत्व लिएका प्रचण्डमाथि अन्य नेताहरुको तुलनामा सुरक्षा खतरा बढी रहेको मानिन्छ । जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि प्रचण्डलाई माओवादी लडाकुले पनि सुरक्षा दिनेगर्थे । तर, पछिल्लो समय उनको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिने गरेको छ ।

प्रचण्डले सिमान्तकृत वर्गको लागि आवाज उठाएकाले मार्न खोजिएको तर्क गरेका छन् । यसबाट उनले सीमान्तकृत समुदायको सेन्टिमेन्ट जित्न खोजिएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्