Logo

नेकपा (माओवादी केन्द्र) ले हामीलाई मन्त्रीबाट फिर्ताको कुरा गर्नु हाँस्यात्मक : मन्त्री थापा



खानेपानी तथा सरसफाईमन्त्री मणिचन्द्र थापाले आफू कुनैपनि हालतमा अब नेकपा (माओवादी केन्द्र) मा नफर्किने स्पष्ट पारेका छन् । उनले आफूलाई नेकपा माओवादी केन्द्रबाट मन्त्री नबनाईएको पनि स्पष्ट पारे । उनले भने,‘पहिले त हामीलाई माओवादी केन्द्रबाट मन्त्री बनाइएको होईन । हामीलाई नेकपाले मन्त्री बनाएको हो । त्यसकारणले माओवादी केन्द्रले मन्त्रीबाट फिर्ताको कुरा गर्नु हाँस्यात्मक कुरा हो ।’ नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ मन्त्री थापासँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईँहरु माओवादी केन्द्रतिर फर्किनु हुन्छ ? कि मन्त्री पद छोड्नु हुन्छ ? हिजो माओवादी केन्द्रले अल्टिमेटम दिईसक्यो त ?

पहिले त हामीलाई माओवादी केन्द्रबाट मन्त्री बनाइएको होईन । हामीलाई नेकपाले मन्त्री बनाएको हो, त्यसकारणले माओवादी केन्द्रले मन्त्रीबाट फिर्ताको कुरा गर्नु हाँस्यात्मक कुरा हो । दोस्रो कुरा के हो भने पहिला माओवादी केन्द्रका साथीहरुले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्यो । अहिले सरकारलाई दिएको समर्थन फिर्ता नगरी बस्नुभएको छ । र, हामीले पठाएको मन्त्री फिर्ता गर्नुपर्यो जो भनिराख्नुभएको छ–त्यो कुराचाहीँ असहमतिपूर्ण र असंगतिपूर्ण छ । त्यसकारण यो असंगतिपुर्ण कुरा नगर्न म अनुरोध गर्न चाहन्छु ।

तपाईँहरूले राजीनामा नदिए कारवाही गर्ने भनिसक्यो त माओबादी केन्द्रले ?

माओबादी केन्द्रको हामी सदस्यपनि छैनांै । माओवादी केन्द्रलाई लिएर कमरेड प्रचण्डले त्यसलाई विघटन गरेर नेकपा बनाउनुभयो अब नेकपा बनाईसकेपछि फेरि सर्वोच्चको निर्णय अनुसार माओवादी केन्द्र गठनतिर लाग्नुभयो । त्यो हाम्रो चासो र सन्र्दभको विषय होईन । हामी नेकपा बनिसकेपछि । जब नेकपामा फुट आयो, त्यो नेकपाको एकताको निरन्तरताको निम्ति हामीले कमरेड केपी ओलीलाई समर्थन गर्यांै । अहिले पछि सर्वोच्चले ब्युँताएको माओवादी केन्द्रसंग हाम्रो कुनै सम्बन्ध छैन ।

सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा फर्कन भनिदियो नि ? तपाईँ त माओवादीको नेता होे नि त ?

होईन, अदालतले गरेको कानूनी कुरा हो । पोलिटिक्ल्ली हामी नेकपा बनिसकेका छौँ । नेकपामा फुट आईसकेपछि यो नेकपा बनाउनको निम्ति स्वयम प्रचण्डले नै पहलकदमी लिनुभयो । अब नेकपा बनाईसकेपछि सर्वोच्चको फैसलापछि उहाँ पछाडि हटनुहुन्छ भने हाम्रो भन्नु केही नै छैन । हामी केपी ओली कमरेडसंगको यो पर्टी एकता भएको थियो । त्यो पार्टी एकताको निरन्तरतामा हामी अगाडी बढिरहेका छौ । त्यसकारण माओवादी केन्द्रका साथीहरुले हाम्रो बारेमा गर्ने डिसिजनको राजनैतिक र नैतिक धरातल छैन । अब यो पछि विभाजन भएको बेलामा पार्टीभित्र अन्तरसंघर्ष भएको बेलामा एकले अर्कालाई आरोप लगाउने एक–अर्कालाई निश्काषन गर्ने भन्र्ने कुरा त्यो राजनैतिक कुरा होईन । त्यसमा हामीलाई त्यति धेरै चिन्ता र त्यति धेरै चासो पनि छैन ।

मन्त्री र सांसद् पद गए जाओस, तर तपाईँहरु केपी ओलीको साथ नछोड्ने अवस्थामा पुग्नुभयो है ?

केपी आली कमरेडलाई हामीले राजनैतिक रुपमा समर्थन गरेका हांै । नेकपाभित्रको अन्तरसंघर्षमा दुईवटा अध्यक्षको बीचमा जुनखालको टसल भयो पार्टी विभाजनको दिशातिर लानको निम्ति अर्का कार्यकारी अध्यक्षले जुन भुमिका खेल्नुभयो र फूटवादतिर जो जानुभयो । फूटबादतिर र अस्थिरतातिर हाम्रो यात्रा होईन, स्थिरतातिर चाहीँ हाम्रो यात्रा हो । र पार्टी एकतालाई निरन्तरता दिनतिर हामी लागेको हो । हामीले यसमा धेरै चर्चा गर्नुपर्ने जस्तो लाग्दैन् ।

तपाईँहरु माओवादी केन्द्रबाट आएका चेतावनीलाई नसुनिकन सरकारमा बसिरहनुहुन्छ त ?

हाम्रो कुरा के हो भने हामीले चाहीँ कमरेड केपी शर्मा ओलीलाई सर्मथन गरेको कुरा मन्त्रीको रुपमा होईन । सांसदको रुपमा होइन । पछिल्लो उहाँको राष्ट्रवादी अडानको रुपमा देशलाई स्थिरतातिर लाने अडानको रुपमा र नेकपालाई बचाएर महाधिवेशनसम्म लान र हाम्रो एकतालाई बचाउनको निम्ति उहाँले खेलेको भुमिकालाई हामीले समर्थन गरेका हांै । मन्त्री र सांसद् हाम्रो मुख्य कुरा होईन, पोलिटिक्स हाम्रो मुख्य कुरा हो । त्यसकारणले हामीले त्यही दिशातिर सोचिराखेका छौँ ।

प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिनुपर्ने अवस्था भयो भने तपाईँहरु नेकपा (माओवादी केन्द्र) को ह्विप मान्नुहुन्छ कि प्रधानमन्त्रीलाई साथ दिनुहुन्छ ?

हामीले त प्रधानमन्त्रीलाई नै साथ दिन्छौँ । यहाँ अल्पमत र बहुमतको कुरा होईन । मन्त्री र सांसदको करा होईन । राजनीतिक एजेण्डा मुख्य प्रश्न भएको हुनाले त्यो मुख्य राजनीतिक प्रश्नमा हामीले सर्मथन गरेका हौँ । त्यसकारण मन्त्री र सांसद् भन्ने कुरा चाहीँ आईरहन्छन् र गईरहन्छन । त्यो मुख्य कुरा होईन् ।

तपाईँहरु प्रधानमन्त्री ओलीलाई छोडेर फेरि प्रचण्ड क्याम्पमा जाने कुरा छ कि छैन ?

त्यो पनि के छ भने ठुलो संख्यामा अहिले सर्वोच्चले जुन नेकपा माओवादी केन्द्रका धेरै प्रतिशत साथीहरु कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा सामेल हुनको लागि लालायित हुनुहुन्छ, त्यसको रिजल्ट केही समय पछि देख्नु हुनेछ । उता फर्किर्ने भन्ने कुराको त चर्चा पनि नगरौं । किन त्यो लामो समयसम्म फुट्दा अस्थिरताको चिन्तनको रुपमा रहेको छ र फुटबाट अस्थिरतातर्फ कोही पनि जाँदैन ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot