Logo

कटुवा पेस्तोल सहित पक्राउ



काठमाडौं, १ फागुन । कटुवा पेस्तोल सहित पक्राउ तथा भरुवा बन्दुक सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मर्चवारी गाउँपालिका-७ कन्चनापुरबाट १ थान कटुवा पेस्तोल सहित सम्मरीमाई गाउँपालिका-७ बेतकुइया बस्ने २४ वर्षीय सुरज हरिजन समेत ३ जना पक्राउ परेका हुन् ।

यूपी ५५ एन ४९४८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पाण्डेपिप्रहवा र सशस्त्र प्रहरी बलसमेतको संयुक्त टोलीले जाँच गर्दा उक्त पेस्तोल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot