Logo

१३ वर्षीया बालिका बलात्कृत भएपछि…



स्याङजा, २ चैत्र । १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हरिनाश गाउँपालिका–७ अर्गली बस्ने ३३ वर्षीय भेल बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले ती बालिकालाई कात्तिक १२ गते साँझ जबरजस्ती करणी गरी गर्भवती समेत बनाएको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत स्याङजाबाट ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot