Logo

जसपाको कार्यकारिणी समितिको बैठक स्थगित्, अब होलीपछिमात्रै बस्ने



काठमाडौं, ५ चैत्र । जनता समाजवादी पार्टी, नेपालको आज बस्ने भनिएको कार्यकारिणी समितिको बैठक स्थगित् भएको छ । आज बस्ने भनिएको बैठक तयारी नपुगेको कारण स्थगित् गरिएको नेता केशव झाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

जसपाको आजको कार्यकारिणी बैठक बसेर सरकारमा जानेबारे महत्वपूर्ण निर्णय लिने बुझिएको थियो । तर, नेताहरुले तयारी नपुगेको भन्दै बैठक केही दिन स्थगित् गरेका छन् ।

नयाँ सरकार बनाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका नेताहरुसँग छलफल गरिरहेका छन् । उता, कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि जसपासँगै सत्ता समिकरणको लागि आग्रह गरिरहेका छन्। File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot