Logo

स्पष्टीकरण सोधिएपछि माधव नेपाल पक्षको छुट्टै बैठक बस्दै



काठमाडौं, ९ चैत्र । नेकपा (एमाले) को आन्तरिक संघर्ष झनै चुलिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेपछि विवाद झनै चुलिएको छ । नेता नेपालसहित चारै जना नेताले कुनैपनि हालतमा ओलीले सोधेको स्पष्टीकरण नदिने अडान लिएका छन् ।

अब कसरी अघि बढ्ने ? भन्नेबारे रणनीति बनाउनको लागि आज नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक बस्ने भएको छ । पछिल्लो समय नेपाल समूहका बैठक तथा छलफलहरु बानेश्वरस्थित् अर्याल होटेलमा हुँदै आएका छन् । नेपाल पक्षले कुनैपनि हालतमा अध्यक्ष ओलीसामू नझुक्ने नीति लिएको छ । उनीहरु पार्टीभित्र आन्तरिक संघर्ष गर्ने र देशव्यापी रुपमा समानान्तर कमिटी बनाएर अघि बढ्ने पक्षमा छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot