Logo

पेस्तोल सहित एक पक्राउ



धनुषा, ९ चैत्र । पेस्तोल सहित एकजना आइतबार पक्राउ परेका छन् । गणेशमानचारनाथ नगरपालिका–९ जयनगर बस्ने ३२ वर्षीय प्रमोद कुमार यादवलाई पेस्तोल १ थान सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सवैला र प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा कपडाले बेरी लुकाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्