Logo

यती एअरलाइन्सको काठमाडौँ-बनारस-काठमाडौँ प्रुभिङ फ्लाइट सम्पन्न



काठमाडौं, चैत १२ । विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौँ–बनारस–काठमाडौँको आज परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ ।

दक्षिण पूर्वी एशिया र दक्षिण एशियाका मुलुकमा चार्टर(नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणमा केही महीनाअघि यतीले निवेदन दिएसँगै अन्तरराष्ट्रिय उडानका लागि प्राधिकरणबाट गरिएको चरणबद्ध प्रक्रियाअन्तर्गत यो उडान गरिएको यती एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

यससँगै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यतीले अन्तरराष्ट्रिय उडानका लागि प्राप्त गर्ने अनुमति अन्तिम चरणमा पुगेको छ । आजको उडानको प्रतिवेदनसँगै केही दिनभित्र यती एअरलाइन्सले अन्तरराष्ट्रिय उडानको एओसी प्राप्त गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्