Logo

प्रधानमन्त्रीले चैत्र २३ गतेभित्र विश्वासको मत लिनुपर्छ : देव गुरुङ (भिडिओसहित)



काठमाडौं, १९ चैत्र । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै नेता गुरुङले प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको स्पष्ट पारे ।

३० दिनभित्र विश्वासको मत नलिए स्वतः पदमुक्त हुने पनि उनले सुनाए । उनले प्रधानमन्त्रीले नेतृत्व गरेको दल विभाजन भएकोले पनि प्रधानन्त्री ओलीले विश्वासको मत लिनुपर्ने सुझाए । उनले आफूहरुले संविधानलाई फलो गर्दै अघि बढेको सुनाए । उनले प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वतः कामचलाउमा परिणत भैसकेको जनाए ।



प्रतिक्रिया दिनुहोस्