Logo

नयाँ वर्षको अवसरमा सनराइज बैंकको क्यास ब्याक योजना



काठमाडौं, ३१ चैत्र । सनराइज बैंकले डिजिटल बैंकिङ अन्तर्गत नयाँ वर्षलाई उल्लासमय बनाउन आफ्ना ग्राहकहरुलाई क्यास ब्याक योजना ल्याएको छ ।

विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको बैंकले २०७८ वैशाख १ गते बैंकको डेबिट–क्रेडिट कार्ड प्रयोग गरी २०७८ बराबरको बिल भुक्तानी गर्ने सन्राइज बैंकका ग्राहकलाई २०७८ रुपैयाँ नै क्यास ब्याक प्रदान गर्ने जनाएको छ ।

बैंकको अनुसार, यो योजनाअन्तर्गत क्यास ब्याक प्राप्त गर्न तोकिएको रकम बराबरको कारोबार पोइन्ट अफ सेल, क्यूआर कोड वा इ–कमर्समार्फत नै गर्नुपर्नेछ । यस किसिमका कारोबार गर्ने एक सय जना ग्राहकलाई उक्त क्यास ब्याक प्रदान गरिने बैकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot