Logo

गण्डकी प्रदेश खेलकूद परिषद्का उपाध्यक्ष र जिल्ला अध्यक्ष नियुक्त



पोखरा, ६ बैशाख । कास्की– गण्डकी प्रदेश सरकारले प्रदेश खेलकूद परिषद्को उपाध्यक्ष सदस्य र जिल्ला खेलकूद विकास समितिका अध्यक्षलगायतका पदाधिकारीको नियुक्ति गरेको छ । सामाजिक विकास मन्त्रालयको प्रश्तावमा मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकूद परिषद्को उपाध्यक्षमा म्याग्दीका नारायण पुनलाई नियुक्त गरेको प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए। सदस्य सचिवको नियुक्ति भएको दुई महीनापछि परिषद्ले पूर्णता पाएको हो ।

यसैगरी परिषद् सदस्यमा गिरमान गुरुङ, वासु बराल, दिलबहादुर गुरुङ, राम चन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापा मगर, शुभकन्या गुरुङ, चन्द्रा घले गुरुङ, ज्ञानबहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, वसन्त दवाडी, ऋषि गौतम, निर्मला बराल र केशव पाठक नियुक्त भए । सदस्य सचिव गुरुङका अनुसार प्रदेशका ११ वटै जिल्लाका खेलकूद विकास समितिका अध्यक्षलगायतका पदाधिकारी नियुक्त गरिएको छ ।

कास्की जिल्ला खेलकूद विकास समितिको अध्यक्षमा तोरणबहादुर बानियाँ, उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भीम पराजुली र कोषाध्यक्षमा कञ्चन थापा नियुक्त भएका हुन् । स्याङ्जा जिल्लाका अध्यक्षमा गिरीप्रसाद गुरुङ र सचिवमा शीतल जङ्ग केसी हुन् ।

यसैगरी तनहुँको अध्यक्षमा अनिल पाण्डे र सचिवमा तुल्सीराम पाण्डे, लमजुङको अध्यक्षमा योगबहादुर गुरुङ र सचिव रोजी गुरुङ, नवलपुर अध्यक्षमा सेतबहादुर पुन र सचिवमा धुव्र खनाल, मनाङको अध्यक्षमा चीनबहादुर घले र सचिवमा नवराज गुरुङलाई नियुक्त गरिएको छ ।

गोरखा जिल्लाको अध्यक्षमा शान्तासिंह बस्नेत र सचिवमा हिरालाल श्रेष्ठ, मुस्ताङको अध्यक्षमा मीनकुमार शेरचन र सचिवमा विनोद विसी, म्याग्दीको अध्यक्षमा दिनेश खत्री र सचिवमा तारामान रोक्का, पर्वतको अध्यक्षमा हर्कमान गुरुङ र सचिव अदित गुरुङ र बागलुङको अध्यक्षमा कुमार खड्का र उपाध्यक्षमा लोकेन्द्र केसी नियुक्त हुनुभएको सदस्य सचिव गुरुङले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot