Logo

कटुवा पेस्तोल सहित ५५ वर्षीय पुरुष पक्राउ



सिरहा, ८ बैशाख । कटुवा पेस्तोल र १ राउण्ड गोली सहित मंगलबार बेलुका प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सखुवानानकारकट्टी गाउँपालिका–३ परियारपुर बस्ने ५५ वर्षीय बालेश्वर यादब १ थान कटुवा पेस्तोल र सोको १ राउण्ड गोली सहित मंगलबार बेलुका पक्राउ परेका हुन् ।

बालेश्वरको घरमा हातहतियार राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशवारी र ईलाका प्रहरी कार्यालय लहानबाट खटीएको प्रहरीले उनको घरमा तलासी लिँदा झोलामा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot