Logo

एक संक्रमितले अस्पतालमै गरे आत्महत्या



बुटवल १८ वैशाख । रुपन्देहीमा एक जना कोरोना संक्रमित आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान आत्महत्या गरेका हुन् ।

शुक्रबार कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनले शनिबार बिहान सौचालयमा आत्महत्या गरेको जनाइएको छ ।तीन दिन अघिदेखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पतालमा यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना जटिल अवस्थाका संक्रमितको मृत्यु भएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot