Logo

पोखरेलले अपनाए टिकाउ हुने सूत्र



बुटवल, बैशाख २० । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा आइतबार शंकर पोखरेल नै पुनः नियुक्त भएका छन्। मुख्यमन्त्री पोखरेलले आइतबार मात्रै प्रदेश प्रमुखसमक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए। तर, उही दिन प्रदेशसभामा कायम रहेका ८१ सांसदमध्ये ४१ जनाको हस्ताक्षरसहित पुगेपछि एमाले संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन्।

लुम्बिनीमा ८७ सांसदमध्ये ६ जनाको पद रिक्त छ। माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टी (जसपा)का चार सांसदको पद खोसिएको हो। ६ सांसदको पद रिक्त हुँदा एमालेले संविधानको धारा १६८ ९१० बमोजिम बहुमतको सरकार बनाएको हो।

कांग्रेस, माओवादी र जसपाले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। अविश्वास प्रस्तावबारे छलफलकै दिन ‘फ्लोर क्रस’ हुने संकेत पाएपछि पोखरेलले राजीनामा दिएका हुन्। यसअघि दुई दलको बहुमतका आधारमा पोखरेल मुख्यमन्त्री बनेका थिए। माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गर्दै समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा थिए। तब उनले जसपाका चार सांसदलाई वैशाख ६ गते सरकारमा भित्र्याउँदै बहुमत जुटाएका थिए।

पार्टीले ती सांसदलाई निष्कासन गरेपछि मुख्यमन्त्री पोखरेल एकल बहुमतमा बलियो बनेका हुन्। एमालेको संसदीय दलले मुख्यमन्त्रीमा पोखरेललाई प्रस्ताव गर्दै आइतबार प्रदेश प्रमुखसमक्ष बहुमत सदस्यको हस्ताक्षर बुझाएको थियो।

हस्ताक्षर बुझाएलगत्तै प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

पोखरेलले तनावकाबीच आइतबार नै प्रदेश प्रमुखसमक्ष शपथ लिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot