Logo

‘नागरिकको जीवनप्रति संवेदनशील’



काठमाडौं, बैशाख २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउन नपरोस् भन्नेमा सरकार संवेदनशील रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले कोभिड–१९ को सन्दर्भमा सोमबार देशवासीलाई सम्बोधन गर्दै नागरिकको जीवन रक्षालाई प्राथमिकता दिइएको बताएका हुन्। उनले मानिसको जीवन र अर्थतन्त्रको रक्षाबीच सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी रहेको सन्दर्भमा जीवन रक्षालाई प्राथमिकता दिएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने “हामीले ‘जीवन पहिला’ भन्यौँ र त्यहीअनुरूप योजनाहरू बनायौँ । एक वर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही थियो भन्नेमा अहिले दुविधा रहेन । देशवासीको जीवन रक्षा, महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा हाम्रो क्षमताको अधिकाधिक प्रयोग भयो ।”

सम्बोधनका क्रममा प्रधानमन्त्रीले कोरोना महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन भएको बताए। सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक एवं प्रभावकारी ढङ्गले कोभिडविरुद्ध काम भइरहेको जानकारी दिदै प्रधानमन्त्रीले अहिले सरकारका एकरएक मन्त्रीलाई प्रदेशसँग समन्वय गर्न ‘फोकल व्यक्ति’ तोकिएको उल्लेख गरे । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्