Logo

एक सातामै २ सय २३ को मृत्यु



काठमाडौं, बैशाख २२ । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा दुई संक्रमित थपिने गरेका छन् । पछिल्लो साताको संक्रमण दर विश्लेषण गर्दा प्रत्येक तीन जनाको कोरोना परीक्षण क्रममा एकमा संक्रमण देखिने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि मंगलबारसम्म ४३ हजार ६ सय ३४ जनामा संक्रमण देखिएको छ । १ लाख १० हजार ४ सय ९३ जनाको कोरोना परीक्षण क्रममा ४३ हजार ६ सय ३४ मा संक्रमण देखिएको हो ।

गम्भीर प्रकृतिका संक्रमित संख्या बढ्दो क्रममा छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय १६ आईसीयू र १ सय ७९ जना भेन्टिलेटरमा छन् ।

देशभर मंगलबार १ हजार ७ सय ७५ जना डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८७ हजार ७ सय ९० संक्रमित निको भइसकेका छन् । गम्भीर प्रकृतिका संक्रमित संख्या बढ्दो क्रममा छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय १६ आईसीयू र १ सय ७९ जना भेन्टिलेटरमा छन् ।

प्रदेश १ मा ९३ आईसीयू र १८ भेन्टिलेटर, प्रदेश २ मा २४ आईसीयू र दुई जना भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ३ सय २५ आईसीयू र १ सय २४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा ४४ जना आईसीयू र दुई जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६९ जना आईसीयू र १६ जना भेन्टिलेटर, कर्णालीमा ३२ जना आईसीयू र सात जना भेन्टिलेटर र सुदूरपश्चिम प्रदेशमा २९ जना आईसीयू र १० जना भेन्टिलेटरमा छन् ।

काठमाडौं उपत्यकाको अस्पतालमा १ सय ९४ संक्रमित आईसीयू र ७७ जना भेन्टिलेटर र १ हजार २ सय १७ जना आइसोलेसनमा छन् । राजधानी दैनिकबााट



प्रतिक्रिया दिनुहोस्

Screenshot