Logo

काठमाडौंका अस्पतालमा बेड नपाएपछि एम्बुलेन्समार्फत बागलुङको धवलागिरि अस्पताल भर्ना



बागलुङ, बैशाख २२ । देशभर कोरोना संक्रमण बढ्दै गएको छ । दैनिक ७ हजारभन्दा बढी संक्रमित थपिँदै गएपछि काठमाडौंमा अस्पतालमा कोभिड बिरामीका लागि बेड नपाउने अवस्था आएको छ । बागलुङ ढोरपाटन नगरपालिका–३ घर भई काठमाडौं बस्दै आएकी ३१ वर्षीया महिला काठमाडौंका अस्पतालमा बेड नपाएपछि एम्बुलेन्समार्फत बागलुङको धवलागिरि अस्पतालमा आएकी छिन् ।

काठमाडौंमा बेड नपाएपछि उनी ५० हजार तिरेर एम्बुलेन्समार्फत धवलागिरि अस्पताल आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

धवलागिरि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले काठमाडौंमा बेड नपाइएको खबरपछि ती महिलालाई बेडको व्यवस्था गरिएको बताए । ‘काठमाडौंमा बस्दै आउनुभएको रहेछ,’ उनले भने, ‘कोरोना संक्रमण भएको चार दिनपछि श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा बेडको खोजी गर्दा नपाएको खबर जिल्लामा आएकाले यहाँ आउन अनुमति दिएका हौं ।’ २५ शय्याको आइसोलेसन कक्ष रहेको धवलागिरि अस्पतालमा मंगलवार बिहानसम्म २० जना भर्ना भएका छन् । अस्पतालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित बिरामी भर्ना भएको निमित्त मेसु डा। पोखरेलले बताए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot