Logo

शव बोकेको जिप दुर्घटना, ५ जनाको मृत्यु



बैतडी, बैशाख २२ । चट्याङ लागी मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय जित सिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारी र जिप चालक तेजबहादुर बोहरा रहेका छन् ।दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।

पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से१ज १८३ नम्बरको जिप मंगलबार दिउँसो पौने ३ बजे पञ्चेश्वर गाउँपालिका–६ रोडीदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटना भएको हो ।

सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको उक्त जिप दुर्घटनामा परेको हो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot