Logo

एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपालसहित नेतालाई गरेको कारबाही फुकुवा गर्ने तयारी



काठमाडौं, २४ बैशाख । नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरमै सुरु हुने बैठकले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्धवार टुँगो लगाउने र माधव नेपालसहित यसअघि अरु नेतालाई गरेको कारबाही फुकुवा गरिने बुझिएको छ । बैठक बस्नुअघि ओलीले आफूनिकट नेताहरुसँग छुट्टै परामर्श गरेका थिए ।

उक्त छलफलमा ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङलगायतका प्रभावशाली नेताको सहभागिता थियो । उनीहरुले अहिलेको परिस्थितिमा पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नभएको बताएका थिए । र, माधव नेपालसहित अरु नेतालाई ६ महिनासम्म निलम्बनको कारबाही पनि फुकुवा गर्न प्रधानमन्त्री ओली राजी भएको बताईएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot