Logo

बेसारको पातबाट तेल !



बाँके,२६वैशाख: गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत गरेका छन् ।

भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गरेका उनले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि फार्मको स्थापना गरी तेल निकाल्न शुरु गरेका हुन् । तेल प्रति केजी रु एक हजार ५०० मा विक्री हुने उनले जानकारी दिए । उनले फार्ममा व्यवसायिक रुपमा च्याँउ खेती समेत गरेका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot