Logo

अन्ततः धारा ७६ (३) अनुसार एमालेको सरकार बन्छ : विष्णु रिजाल



काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का नेता विष्णु रिजालले अब धारा ७६ को ३ बमोजिम एमालेको सरकार बन्ने दाबी गरेका छन् । उनले नयाँ सरकार गठनको लागि १३६ मत चाहिने र अहिले विपक्षी गठबन्धनसँग् १२४ मत मात्रै देखिएको बताउँदै यस्तो दाबी गरेका छन् ।  सामाजिक सञ्जाल ट्विटरमार्फत रिजालले नयाँ सरकार दाबी गर्नुअघि संख्या नजुटाई माग मात्र गरेर के गर्नु ? भन्दै कांग्रेस, माओवादी केन्द्र र जसपाका उपेन्द्र यादव पक्षमाथि व्यंग्य हानेका छन् ।

उनले लेखेका छन्-“नयॉ सरकारका लागि १३६ मत चाहिनेमा विपक्षी गठबन्धनसँग १२४ मत मात्र देखियो । संविधानको धारा जतिपटक पल्टाए पनि संख्या नपुगी नयॉ सरकार बन्दैन । त्यसैले नयॉ सरकार दावी गर्नुअघि संख्या नजुटाई माग मात्र गरेर के गर्नु ! अनितत: ७६(३) अनुसार एमालेको सरकार बन्छ । बॉकी विकल्प त स्पष्टै छ ।”



प्रतिक्रिया दिनुहोस्