Logo

गण्डकीमा एमालेकै सरकार बन्ने, जनमोर्चाका दुई सांसदले साथ दिने



काठमाडौं, २८ बैशाख । गण्डकी प्रदेशमा फेरि नेकपा (एमाले) को नेतृत्वमा सरकार बन्ने भएको छ । राष्ट्रिय जनमोर्चाका तीनमध्ये दुई सांसद कृष्ण थापा र खिमविक्रम शाहीले एमालेलाई सघाउने भएका छन् । सचेतक पियारी थापा भने कांग्रेस–माओवादी केन्द्रको गठबन्धनको पक्षमा छिन् । यो सँगै पृथ्बीसुब्बा गुरुङ भोलि मुख्यमन्त्री बन्ने पक्का भएको छ । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी स्वयमले आफ्ना दुई सांसदे धोका दिएको पुष्टि गरे ।

प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले भोलिसम्मको समय दिएकी छिन् । गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा (एमाले) हो । जनमोर्चाका दुई सांसदले एमालेलाई सघाउने भएपछि अब कांग्रेस, माओवादी केन्द्र र जसपाले बहुमत पुर्याउन नसक्ने भएका छन् ।

प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत नभएका कारण संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउन प्रदेश प्रमुख पौडेलले आह्वान गरेकी छिन् । जनमोर्चाका केन्द्रीय अध्यक्ष केसीले आफ्नो पार्टीले कांग्रेस–माओवादी केन्द्र र जसपाको गठबन्धनलाई समर्थन गर्न सांसदलाई निर्देशन दिएको सुनाए । तर, उनी आँफैले दुई सांसदले पार्टीको निर्देशनविपरित एमालेलाई सघाउने निश्चित् भएको जानकारी दिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot