Logo

साढे २ वर्षीय छोरासहित श्रममन्त्री चौधरीलाई कोरोनाको जटिल समस्या



काठमाडौं, बैशाख ३१ । संघीय सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कोरोनाको जटिल समस्या देखिएको छ। साढे २ वर्षीय छोरासहित मन्त्री चौधरीलाई कोरोनाको जटिल समस्या देखिएको हो। आफुमा पखाला लाग्ने, ज्वरो आउने, शरीर र घाँटी दुख्ने समस्या देखिएको मन्त्री चौधरीले बताए।

गेटा आइसोलेसन निर्माणको तयारीको क्रममा एक हप्ताअगाडि मन्त्री चौधरी गृह जिल्ला कैलाली पुगेका थिए। उनलाई कैलाली गएको समस्या देखिएको थियो। उनीसँगै उनका डाइभर, कार्यालय सहयोग समेतलाई कोरोना संक्रमण भएको छ। चिकित्सकको नियमित निगरानीमा मन्त्रालयकै क्वाटरको आइसोलेसनमा रहेको मन्त्री चौधरीले बताएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot