Logo

प्रचण्डप्रति देशी/विदेशी प्रतिक्रियावादीहरुको ठूलो आक्रमण छ : दीपेश पुन



काठमाडौं, ३१ बैशाख । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का नेता दीपेश पुनले आफूमा देशभक्तिपूर्ण प्रचण्डको कार्यकर्ता हुनुमा गर्वले छाती झन चौडा भएको बताएका छन् । उनले अध्यक्ष दाहालप्रति देशीविदेशी प्रतिक्रियावादीहरुको ठूलो आक्रमण रहेको पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले भनेका छन् :

जे भएको छ राम्रो भएको छ।एकपटक देशभक्तिपूर्ण प्रचण्डको कार्यकर्ता हुनुमा गर्वले छाती झन् चौडा भएको छ।अध्यक्ष कमरेडप्रति देशीविदेशी प्रतिक्रियावादीहरुको कति ठूलो आक्रमण छ भनेर त हामीले धेरै के भनिरहनु पर्यो।ईतिहास साँची छन्।अध्यक्ष प्रधानमन्त्री हुँदा मुस्ताङ्गको खर्बौं पर्ने यूरिनियम कुनै विदेशीलाई नदिएर नेपाल आर्मीको नाममा दिनुभयो।काठमाण्डौं तराई फाष्टट्राक भारतीयबाट खोसेर नेपाल आर्मीलाई दिनुभयो।

सगरमाथामा वातावरण परिवर्तनको चेक गर्ने नाममा टावर डिभाईस् राख्न दिनुभएन।वारा निजगढमा नेपाल कै ठूलो विमानस्थल,पोखरा र लुम्विनी विमानस्थल बनाउन दक्षिणका कुनै कम्पनीलाई दिनुभएन।पश्चिमको सबैभन्दा ठूलो अपर कर्णाली र पूर्वको अरुण तेस्रो दिन तयार हुनुभएन।नेपालका कुनैपनि स्रोतसाधन कुनै विदेशीलाई दिन तयार हुनुभएन।संविधान बनाउन रोक भनेर एउटा विदेशसचिवले धम्किदिंदा पनि अन्यपार्टी नेताहरुलाई पद वितरण गरेरै भएपनि संविधान बनाउनुभयो।

संविधान बनेपछि देशलाई स्थिरता र विकासको लागि वाम एकता गर्नुभयो।आफ्नो नजिकै आएको प्रधानमन्त्री सबै छोडेर वाम एकता गर्नभयो ।राष्ट्रघाटी MCC पास नगर्न अन्तिम सम्म लड्नुभयो र संघिय गणतन्त्र बचाउन अन्तिमसम्म लड्नुभयो।आज प्रचण्डप्रति जसरी विदेशीशक्तिले प्रचण्डको बोली मात्र काममा भर छैन भनेर जसरी खुलमखुल्ला भन्दै हिडेका छन् ।

अध्यक्ष कमरेड तपाई यसरी नै विदेशीहरुलाई घुमाईफिराई देश र जनताप्रति गद्दारी गर्नुभएको छैन यसमा नै हामी गर्व गर्छौ र आगामीदिनमा पनि देश र जनताप्रति यसरी नै लड्दै जानुहोस् ।यो पार्टी भन्ने कुरा तपाईले एउटा विचार र विधि पद्वति बसाल्दिनुस् अब हामी बनाउछौं उठाउछौं तपाई निरास नहुनुहोस् पार्टी हामी बनाउँछौ उठाउँछौं।लालसलाम



प्रतिक्रिया दिनुहोस्