Logo

ड्राफ्टरटिटीबाट सिफारिशविना स्वास्थ्य सामग्री आयात गर्न पाइने



काठमाडौं, जेठ २ । नेपाल राष्ट्र बैंकले कोभिड उपचारमा सघाउने स्वास्थ्यसँग सम्बन्धित सामग्री ड्राफ्ट तथा टीटीबाट सिफारिशविना आयात गर्न पाइने व्यवस्था गरेको छ । यस्ता सामग्री आयातमा तत्काललाई सटही सुविधा सीमा र सामान्य अवस्थामा समेत यस्ता सामग्रीको आयात गर्ने सीमा बढाइएको छ । केन्द्रीय बैंकले विदेशी विनिमय विभागको एकीकृत परिपत्रलाई बिहीवार संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार अहिलेको परिस्थितिमा सम्बन्धित सरोकारवालाले अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, अक्सिजन ट्यांक, अक्सिजन जेनेरेटर, अक्सिजन म्यानुफ्याक्चरिङ प्लान्ट, अक्सिजन डेलिभरी एसेसरिज र अक्सिजनसम्बन्धी अन्य सामग्रीका साथै भेन्टिलेटर इक्वीपमेन्ट लगायत कोरोना संक्रमितको उपचारमा सघाउ पु¥याउने स्वास्थ्य सामग्री÷उपकरणको आयातको हकमा तोकिएका ड्राफ्ट तथा टीटीको रकमसम्बन्धी सीमा, बिजनेश क्रेडिबिलिटी इन्फरमेशन ९बीसीआई० र स्वास्थ्य सेवा विभागको सिफारिश २०७८ असार मसान्तसम्मका लागि अनिवार्य नहुने व्यवस्था गरिएको छ । तर यस व्यवस्था बमोजिम आयात गर्न आयातकर्ताले विदेशी विनिमय अपचलन भएमा स्वयम् जिम्मेवार हुने स्वघोषणा बैंक तथा वित्तीय संस्थासमक्ष पेश गर्नुपर्ने राष्ट्र बैंकले बताएको छ । साथै बैंक तथा वित्तीय संस्थाले यस व्यवस्था बमोजिम आयात भएको विवरण संलग्न ढाँचामा मासिक रूपमा प्रत्येक महीना समाप्त भएको सात कार्य दिनभित्र केन्द्रीय बैंकको विदेशी विनिमय विभागमा पेश गर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंकले प्रतीतपत्रविना ड्राफ्ट तथा टीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधाको सीमा बढाइदिएको छ । स्वास्थ्यसँग सम्बन्धित वस्तु आयातमा सहजीकरण गर्दै ड्राफ्ट तथा टीटीबाट प्रतिपटक अधिकतम अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको सीमा तोकिएको हो । यसअघि यस्तो सीमा एकपटकमा ३० हजार अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान गर्न सकिने व्यवस्था थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot