Logo

निषेधाज्ञामा पनि विकास निर्माण नियमित



काठमाडौं, जेठ ४ । कोरोना संक्रमणले बजार क्षेत्र ठप्प छन् । शैक्षिक संस्था, वित्तीय संस्था र निजीक्षेत्र पूर्णरूपमा बन्द भएको बेला बागलुङमा विकास निर्माण भने नियमित भइरहेका छन् । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर काम गर्ने अनुमति दिएपछि विकास योजना नियमित चलेका हुन् ।

विशेषगरी ठूला आयोजनामा नियमित काम भएको सडक डिभिजन कार्यालय बागलुङले बताएको हो । ‘काम रोकिएको छैन, निर्माण सामग्री ढुवानीमा पनि सहज वातावरण छ, त्यसैले समयमा सक्नेगरी काम भइरहेका छन्,’ डिभिजन कार्यालयका प्रशासन प्रमुख नारायण शर्माले भने, ‘कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ ।’ मालढुंगाादेखि कुश्मीसेरा जाने सडक, बुर्तिवाङदेखि ढोरपाटन जाने वैकल्पिक सडकलगायत ठूला आयोजनामा नियमित काम भएको उनले बताए ।

गतवर्ष पहिराले बगाएपछि बोबाङ हुँदै जाने ढोरपाटन सालझण्डी सडक आयोजनाको काम पूरा हुन नसक्ने देखिएको छ । वर्षात्मा सडक अवरुद्ध हुन सक्ने आकलन भइरहेको बेला गादीखोला छेन्टुङ ढोरपाटन सडकमा काम भएको हो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्