Logo

घरमा भरुवा बन्दुक लुकाई राख्दा…



नुवाकोट, १९ जेठ । एकनाले भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । बिदुर नगरपालिका–७ तुप्चे बस्ने २७ वर्षीय बिरमान तामाङलाई १ थान एकनाले भरुवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा भरुवा बन्दुक लुकाई राखेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले लोड गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्