Logo

तीन वर्ष चार महिनामा ५९ जना मन्त्री



काठमाडौं, जेठ २३। प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष चार महिनाका अवधिमा १६ औं पटक मन्त्रिमण्डल पुनर्गठन गरेका छन् भने ५९ जनालाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री ओली आफैं भने दुईपटक प्रधानमन्त्री बनेका छन्।

प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति सार्वजनिक गरेको विरुद्धमा सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ हुनुअघि नै जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर समूहलाई समावेश गरी उहाँले १६ औं पटक मन्त्रिमण्डल पुनर्गठन गरेका हुन। प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका अधिकांशलाई हटाएर जसपालाई समावेश गरी १६ सदस्यीय मन्त्रीमण्डल पुनर्गठन गरेका छन्। २०७४ को फागुन ३ मा नेकपाको झण्डै दुई तिहाइ बहुमतसहित ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री ओलीले गत वैशाख २७ गते संसद्मा विश्वासको मतसमेत प्राप्त गर्न सकेका थिएनन । विश्वासको मत प्राप्त गर्न नसकेपछि जेठ ८ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर चुनावको घोषणा गरे। विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली वैशाख ३१ गते ठूलो दलको हैसियतमा दोस्रोपटक प्रधानमन्त्री भएका थिए।ओलीले जेठ ७ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि विघटनविरूद्ध विपक्षी दलका १ सय ४६ जना सांसदले संसद् पुनःस्थापित हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको मुद्दा विचाराधीन छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot