Logo

महामारीमा इन्धनको मुल्यबृद्धि भ्रष्ट सरकारको जनतालाई उपहारः नेबिसंघ महामन्त्री तिमल्सिना



काठमाडौं, २३ जेठ । पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धीको नेपाल विद्यार्थी संघले बिरोध जनाएको छ। Covid-19  को महामारीमा उपभोक्तालाई उपहार स्वरुप भ्रष्ट केपी सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धि प्रति घोर भत्र्सना गर्दै संघका महामन्त्री बलदेव तिमल्सिनाले आहतमा बेला राहत दिनुपर्नेमा ओलि सरकार जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको बताएका छन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा शनिबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई–दुई रुपैयाँ मूल्यवृद्धि गर्दै पेट्रोल १२५, डिजल र मट्टितेल १०८ तथा हवाई इन्धन प्रतिलिटर ८० रूपैयाँ कायम भएबाट पुनःसबै क्षेत्रमा चर्को मुल्यबृद्धी हुने निश्चित भएको पनि तिमल्सिनाको तर्क छ ।

महामन्त्रीले प्रेस बिज्ञप्तीमा लेखेका छन्, ‘स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण, संकट र महामारीको समयमा प्रयोग गर्न मिल्ने मुल्य स्थिरीकरण कोषमा संचित रकमको उपयोग, अनावश्यक करहरुको शिर्षक कटौती तर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते भएको मुल्यबृद्धी माथी फेरि तत्काल बृद्धि गर्नु आपूर्ति मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा आएको दोस्रो दिनमा नै उपभोक्तालाई प्राप्त पहिलो उपहार हो भन्दै अत्यावश्यकिय बस्तु माथी पटकपटक गरिएको मुल्य वृद्धिले उपभोक्ताले चरम पिडा खेप्नुपरेको छ ।’

उनले भ्रष्टाचारमा लिप्त सरकार भ्रष्टाचारमा लिप्त भएको र जनतालाई दिनप्रतिदिन कष्ट दिइरहेको भन्दै उनले उक्त मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot