Logo

‘मानव जातिले अब कोरोना भाइरससँगै सहअस्तित्वमा रहन सिक्नुपर्ने’



एजेन्सी, २३ जेठ । कोरोना भाइरसको विभिन्न प्रजाति देखिन थालेपछि मानव जातिका लागि अब भाइरससँग लडेरै बढ्नेबाहेकको विकल्प नभएको निष्कर्ष निकालिएको छ । भाइरसको तेस्रो लहर आउन लागेपछि अब भाइरसको उन्मूलन अहिलेको लक्ष्य हुन छाडेको छ । अब मान्छेले रोगप्रतिरोधात्मक क्षमता विकास गरेर कोरोना भाइरसँगै बाँच्नुपर्ने अवस्था बनेको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का विशेष प्रतिनिधि डा. डेभिड नाबारोले मानवजातिले भाइरससँगै कसरी बाँच्ने भन्ने सिकिरहेको उल्लेख गर्दै निकट भविष्यमा योसँग जुधेर मानवजाति रहन सक्ने अवस्थातर्फ बढेको बताएका छन् । उनले कोरोना भाइरस तत्काल उन्मुलन नहुने र विभिन्न उपजाति आइरहेको उल्लेख गरे । स्काइ न्यूजसँगको अन्त्वार्तामा नाबारोले भने, उन्मूलन नै विश्वको तत्कालको तर्कसंगत लक्ष्य होइन ।

कोरोना भाइरसको विभिन्न प्रजातिहरु आइरहँदा डब्लुएचओलको प्रतिनिधिको पछिल्लो भनाई आएको हो । अब मानवजातिले कोरोना भाइरससँग अन्य रोग जसरी जुधेर अगाडि बढ्ने र सामान्य अवस्था निर्माणमा डब्लुएचओ लागिरहेको चर्चा चलिरहँदा पछिल्लो भनाई सार्वजनिक भएको हो ।

हाल विश्वमा तीनवटा कोरोना भाइरसको प्रजाति देखिएका छन् । जसमध्ये दोस्रो लहरमा दुईवटा प्रजाति देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot