Logo

१ वर्षमा थपियो ४४ लाख ८० हजार निक्षेप खाता विनियोजन



काठमाडौं, जेठ २५ । कोभिड–१९ को १ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपक खाताको संख्या बढेको छ । यस अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा ४४ लाख ८० हजार निक्षेप खाता थपिएर गत चैत्रसम्ममा कुल ३ करोड ६३ ला ६६ हजार खाता संख्या पुगेको छ । २०७६ चैत्रमा कुल निक्षेप खाता संख्या ३ करोड १८ लाख ८५ हजार रहेको थियो ।

कोभिडको १ वर्षमा निक्षेप खाता वृद्धिको संख्या यसअघिको वर्षको तुलनामा भने न्यून संख्यामा घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विसं २०७५ देखि २०७६ चैत्रसम्ममा ४९ लाख ७५ हजार निक्षेप खाता संख्या थपिएको थियो । कोभिड महामारीकै बेलामा पनि खाता संख्या थपिनु सकारात्मक भएको बैंकरहरूको भनाइ छ । अनलाइनबाट खाता खोल्ने सुविधा दिएकाले खाता संख्या बढेकोे बैंकरहरू बताउँछन् ।

अनलाइन सुविधाले ग्राहकहरूलाई खाता खोल्न बैंकमै भौतिक उपस्थिति हुनुपर्र्ने बाध्यतालाई कम गरेको छ । अनलाइनबाट खोलिएको खातामा रकम जम्मा गर्न पाए पनि झिक्न भने एकपटक बैंकमै गएर तीनपुस्ते खुल्ने गरी ग्राहक पहिचान फारम ९केवाईसी० अनिवार्य रूपमा भर्नुपर्छ । नेपाल राष्ट्र बैंकले केवाईसी पनि अनलाइनमार्पmत गर्न सकिने गरी व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot