Logo

आजै मन्त्रिपरिषद विस्तार हुँदै, गृहमन्त्रीमा खगराज अधिकारी



काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री ओलीले आजै सपथ गराउनेगरि तयारी थालेका छन् । अहिले प्रधानमन्त्री ओलीले ७ मन्त्रालय आफूसँग राखेका थिए । यसअघि जेठ ७ गते जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षलाई समेटेर मन्त्रिपरिषद पूनर्गठन गरेका थिए ।

राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपा अलिहे सरकारमा छ । आज प्रधानमन्त्री ओलीले गर्ने विस्तारमा एमालेबाट मात्रै मन्त्री बनाईने तयारी छ । खगराज अधिकारी गृहमन्त्री बन्ने पक्का भएको छ । यसअघि गृहमन्त्रीमा एमालेबाटै महेश बस्नेत र कर्ण थापाको नाम चर्चामा थियो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot