Logo

चोरी भएको सिक्री सहित एक जना पक्राउ



मोरङ, २७ जेठ । चोरी भएको नगद तथा चाँदीको सिक्री सहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–८ विश्वकर्मा चौक बस्ने २२ वर्षीय अनिल कुमार यादवलाई चोरीको धनमाल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका–८ अमर टोल बस्ने ५५ वर्षीय राजकुमार श्रेष्ठको घरबाट गएराति नगद ५० हजार रुपैयाँ र अढाई तोला बराबरको चाँदीको सिक्री चोरी भएको घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त धनमाल अनिल कुमारको घरमा फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनीमाथि चोरी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्