Logo

भारतबाट नेपालमा अवैध रुपमा ल्याउँदै गरेको रकम सहित पक्राउ



रौतहट, २७ जेठ । अवैध रुपमा ल्याउँदै गरेको रकम सहित २ जना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ अवैध रुपमा पैठारी गरी ल्याउँदै गरेको नगद ३० लाख ७६ हजार रुपैयाँ सहित २ जनालाई परोहा नगरपालिका–९ रामपुरखापबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत मोतिहारी घोडासन बस्ने २२ वर्षीय बन्टी कुमार कलवार र सोही ठाउँ बस्ने २० वर्षीय सुरज कलवार रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्