Logo

हातहतियार सहित पक्राउ



काठमाडौं, २७ जेठ । विभिन्न हातहतियार सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । केराबारी गाउँपालिका–९ देबिझोडा बस्ने ५१ वर्षीय गणेश कुमार लिम्बु र बेलबारी नगरपालिका–२ लालभित्ति बस्ने ४१ वर्षीय पदम कुमार लिम्बु विभिन्न हतियार सहित मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले गणेशको घर तलासी गर्दा भान्सा कोठाबाट १ थान कटुवा पेस्तोल, थ्रिनटथ्री राईफलको गोली ५ थान, गोली लोड गर्ने चाचर २ थान र पेस्तोलको गोली १ थान तथा गणेशको घर आँगनमा पार्क गरेको पदम कुमारको को.१ च ८३६८ नम्बरको कार तलासी गर्दा १ थान खुकुरी र १ थान चक्कु समेत फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्