Logo

गण्डकी प्रदेश प्रमुख पौडेलद्वारा नयाँ सरकार गठनको लागि आह्वान, २४ घण्टाको समय



काठमाडौं, २८ जेठ । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् । मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ हिजो विश्वासको मत लिन असफल भएसँगै पदमुक्त भएका थिए ।

त्यसको भोलिपल्ट आज (शुक्रबार) संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न आह्वान गरेकी हुन्। उनले बहुमत पुग्न सक्ने आधारसहित दावी पेश गर्न जम्मा २४ घण्टाको समय दिएकी छिन् । गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि विपक्षी गठबन्धनले बहुमत पुर्याउने दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot