Logo

निषेधाज्ञा एक साता थप्ने निर्णय



काठमाडौं, ३० जेठ । सरकारले काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । तर, निषेधाज्ञा विगतमा भन्दा खुकुलो बनाइएको छ ।

असार ७ गतेसम्म खुकुलो गरी निषेधाज्ञा थप्दा किराना पसल, हार्डवयर पसललगायतको खोल्ने समय लम्ब्याइएको छ । खाद्यान्न पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय भएको छ । स्टेशनरी पनि खोल्न दिइने भएको छ ।

यसअघि विहान मात्र खोल्न छूट दिइएकोमा हार्डवयर अपरान्ह ४ बजेबाट खोल्न दिइने भएको छ ।

१६ वैशाखबाट जारी गरिएको निषेधाज्ञा जेठको मसान्तसम्म गरी डेढ महिना लगाइसकिएको छ । यसले जनजीवन निकै प्रभावित भएको छ । अब ७ असारसम्म निषेधाज्ञा जारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot