Logo

पेट्रोलियम ढुवानीको अवरोध हट्यो, पम्प व्यवसायीले खोप पाउने



काठमाडौं, १ असार । पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ । नेपाल आयल निगमले ट्यांकर चालकलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने निर्णय गरेपछि अवरोध हटेको हो ।

पेट्रोलियम पदार्थ बिक्री वितरणमा संलग्न सबैलाई खोप दिने व्यवस्था गरिएको आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

पम्प व्यवसायीहरूले खोपको व्यवस्था नभए बुधबारदेखि तेल खरिद नगर्ने चेतावनी दिएपछि निगमले पेट्रोलियम पदार्थ ढुवानी, बिक्री–वितरण गर्ने सबै मजदुरलाई खोपको व्यवस्था गरेको हो।

कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण आन्दोलित भएका ट्यांकर चालकले आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाएका थिए । खोपको व्यवस्था भएसँगै पम्प व्यवसायीहरुले तेल उठाउने भएका हुन् ।

ट्यांकर चालकलाई भने बुधबारदेखि नै खोप लगाइने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए । उनका अनुसार ट्यांकर चालकलाई बलम्बु पुलिस हस्पिटलबाट खोप लगाइने छ ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot