Logo

नेपाली कांग्रेस (वीपी)को आयोजनामा रक्तदान



काठमाडौँ, ३ असार: बढ्दो कोरोना सङ्क्रमणका समयमा देशभर रगत अभाव भइरहेका बेला नेपाली कांग्रेस (वीपी) केन्द्रीय समितिको आयोजनामा ‘रक्तदान जीवन दान’ भन्ने नारासहित बुधबार काठमाडौँको महाराजगञ्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । पार्टी केन्द्रीय कार्यालयका सचिव सुशीलराज वाग्लेले कोरोना महामारीका समयमा रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर रगत अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आम नागरिकलाई आह्वानसमेत गरेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot